Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडाैँ । पाकिस्तानको कराचीमा बम बिस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु र १२ जना घाइते भएका छन्। बिस्फोटमा परेका सबैजसो घाइतेको अवस्था गम्भीर रहेको शहीद मोहम्मद बेनजिर भुट्टो इन्स्टिच्युट अफ ट्रमाका प्रमुख सञ्चालक मुहम्मद साबिर मेमनले जानकारी दिए।
मुबिनाका प्रहरी अधिकारीले प्रारम्भिक अनुसन्धानमा सिलिन्डर बम बिस्फोट भएको बताएका छन् ।विस्फोटमा भवन आंशिक रूपमा ध्वस्त भएको अधिकारीहरुले जनाएका छन्। थुप्रै व्यक्तिहरू भग्नावशेषमा फसेको आशङ्का गरिएको छ।
उद्धारटोली फसेका मानिसहरुको खोजीका लागि भग्नावशेष हटाइरहेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij