Jun 06 2026 | २०८३, जेठ २३ गते
जापान सरकारले तीन जना व्यक्तिलाई मृत्युदण्ड दिएको छ । यो नै नवनिर्वाचित प्रधानमन्त्री फुमियो किशिदाको सरकारले लिएको मृत्युदण्डको पहिलो सजाय भएको क्योडो समाचार एजेन्सीले जनाएको छ।
ती व्यक्तिहरूमा सन् २००४ मा ह्योगो प्रिफेक्चरमा आफ्ना सात आफन्तको हत्या गर्ने ६५ वर्षीय यासुताका फुजिशिरो र सन् २००३ मा गुन्मा प्रिफेक्चरमा पचिन्को पार्लरका दुई कर्मचारीको हत्या गरेको अभियोगमा दोषी ठहर भएका ५४ वर्षीय टोमोआकी ताकानेजावा र ४४ वर्षीय मित्सुनोरी ओनोगावा रहेका छन् । यस अघि जापानमा अन्तिम मृत्युदण्ड डिसेम्बर २६, २०१९ मा भएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij