Jun 06 2026 | २०८३, जेठ २३ गते
दुबईका अर्बपति शासक शेख मोहम्मद बिन राशिद अल मकतूमलाई ठूलो झड्का लागेको छ । उनी र उनकी पूर्वपत्नी राजकुमारी हाया बिन्त अल हुसेनबीचको सम्बन्धविच्छेदका लागि अनुमति प्राप्त भएको छ।
अनुमतिमा दुबईका शासक मकतुमले करिब ८० अर्ब रुपैयाँ भन्दा धेरै रकम दिनुपर्ने भएको छ। उक्त रकमले दुई सन्तानको हेरचाह, सुरक्षा बजेट, बिदा, एक नर्स, कामदारको ज्याला र उनको बस्ने खर्च, परिवारका लागि गाडी र पाल्तु जनावरको लागि गरिने खर्च हुने जनाइएको छ। फैसलामा दुई बालबालिकालाई ५६ लाख पाउण्ड वार्षिक रुपमा दिन भनिएको छ।
यसलाई बेलायती कानुनी इतिहासमा सम्बन्धविच्छेदको सबैभन्दा ठूलो घटना रुपमा लिइएको बीबीसीले जनाएको छ। हया जोर्डनका पूर्व शासक हुसेनकी छोरी हुन्।
शेख मोहम्मद बिन राशिद अल मकतुम संयुक्त अरब इमिरेट (यूएई) का प्रधानमन्त्री हुन्। उनले ६ वटा बिहे गरेका थिए। हया उनकी कान्छी श्रीमती थिइन्।
हया आफ्ना छोराछोरीका साथ २०१९ मा दुबईबाट भागेर बेलायत पुगेकी थिइन्। उनले पतिबाट आफ्नो ज्यानमा खतरा भएको बताउँदै आएकी थिइन्।
दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मकतूम
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij