Jun 06 2026 | २०८३, जेठ २३ गते
म्यानमारमा पहिरोमा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु ७० जना बेपत्ता भएका छन्।
पहिरोमा परी मृत्यु भएका र बेपत्ता भएका मध्ये सवै जसो मजदुर रहेको जनाइएको छ। बेपत्ता भएकाहरु काम गरिरहेको एउटा खानीमा पहिरो गएको बताइएको छ। उनीहरु त्यहाँ न्युन ज्यालामा काम गरेका थिए।
सो खानीबाट बार्षिक दशौँ लाख डलर बराबरको उत्पादन तथा निर्यात हुने गरेको अधिकारीहरुले जनाएका छन्। “घटनामा परी ७० देखि १०० जनासम्म बेपत्ता भएका हुनसक्छन,” उद्धार कार्यमा खटिएका एक जनाले बताएका छ्न्।
स्थानीय समयानुसार मङ्गलबार विहान ४ बजेतिर पहिरो गएको पनि अधिकारीहरुले जानकारी दिएका छन्। “हामीले घटनास्थलबाट जिवितै उद्धार गरेर २५ जनालाई अस्पताल पठाएका छौँ भने एक जनाको शव भेटिएको छ,” उनले भने।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij