Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

नेपाल औषधि लिमिटेडले हेमोडायलाइसिसमा प्रयोग हुने औषधि बजारमा ल्याउँदै

नेपाल औषधि लिमिटेडले हेमोडायलाइसिसमा प्रयोग हुने औषधि बजारमा ल्याउँदै

  • काठमाडौँ । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले यही साउनको अन्तिमदेखि हेमोडायलाइसिसका क्रममा प्रयोग हुने औषधि बजारमा ल्याउँदैछ। 

    onlinepatrika
    Arghakhachi

    हेमोडायलाइसिस गरिरहेका मिर्गौलाका बिरामीका लागि प्रयोग हुने पाउडर र लिक्विड (तरल) गरी दुई किसिमको औषधि उत्पादन गर्ने तयारी भएको लिमिटेडले जनाएको छ। औषधि उत्पादनको लागि आवश्यक पर्ने सबै उपकरण आइसकेपनि त्यसलाई जडान गर्ने काम भइरहेको लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाहले जानकारी दिए। 

    AGNI GROUP


    दैनिक ८ सय युनिटदेखि आवश्यकता अनुसार १६०० युनिटसम्म डायलासेट उत्पादन गर्ने गरी शाखा सञ्चालनमा ल्याइएको सफिउल्लाहले बताए। हेमोडायलाइसिसको उपचार लिनुपर्ने बिरामीले सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुका साथै हेमोडायलाइसिसको निस्शुल्क उपचारमा थप सहयोग पुग्ने लिमिटेडको विश्वास छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij