Logo

Jul 11 2025 | २०८२, असार २७ गते

Jul 11 2025 | २०८२, असार २७ गते

मेसी अमेरिकन क्लब इन्टर मियामी जाने

मेसी अमेरिकन क्लब इन्टर मियामी जाने

  • काठमाडौं । अर्जेन्टीनी स्टार खेलाडी लियोनल मेसी अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन्।

    images
    images
    images

    यो सिजनको अन्त्यसँगै फ्रेन्च क्लब पीएसजीबाट बिदा भएका मेसीको अबको यात्रा अमेरिका हुने बीबीसीले उल्लेख गरेको छ।

    images

    आफ्नो पूर्व क्लब बार्सिलोना फर्किने चर्चाकाबीच मेसी अमेरिका जान लागेका हुन्। पीएसजीसँगको सम्झौता सकिएसँगै धेरै क्लबहरु मेसीलाई भित्र्याउन लागिपरेका थिए।

    साउदी क्लब अल हिलाल, बार्सिलोना र मियामी मेसीलाई भित्र्याउन लागिपरेका थिए। अन्तत: मियामीले बाजी मारेको बताइएको छ।

    डेभिड बेक्ह्यामकोसमेत लगानी रहेको मियामीले मेसीलाई अनुबन्धन गर्न चाहेको विषय यसअघि नै सार्वजनिक भएको थियो। बेक्ह्यामको प्रस्ताव स्वीकारेको अवस्थामा उनलाई वार्षिक १४ मिलियन तिर्न मियामी तयार रहेको छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij