Logo

Jul 07 2025 | २०८२, असार २३ गते

Jul 07 2025 | २०८२, असार २३ गते

घरबाटै पुलिस रिपोर्ट प्रमाणीकरण !

घरबाटै पुलिस रिपोर्ट प्रमाणीकरण !

  • काठमाडौं । विभागले प्रहरीले प्रदान गरेको चारित्रिक प्रमाणपत्र अनलाइनबाटै प्रमाणीकरण गरिदिने व्यवस्था गरेको हो । विभागले आइतबारदेखि सो सेवा सुरु गरेको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अनलाइनबाटै पुलिस रिपोर्ट प्रमाणीकरण सेवाको शुभारम्भ गरे । 

    images
    images
    images

    विभागले सो सेवालाई अनलाइनबाट प्रवाह गर्ने भएपछि अब विभागमा दैनिक लाग्ने भीड कम हुने भएको छ । सेवा शुभारम्भ गर्दै परराष्ट्रमन्त्री साउदले सरकारले सबै खाले प्रशासनिक सेवामा नागरिकलाई सहजता प्रदान गर्न उद्धत रहेको बताए । उनले वर्तमान सरकार बनेपछि नागरिकलाई सेवा प्रवाह गर्ने विषयमा बदलाव आएको दाबी गरे ।

    images

    विभागका अनुसार प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने सेवा सुरु भएपछि अब दैनिक करिब १६ सय सेवाग्राही प्रत्यक्ष लाभान्वित हुनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij