Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौँ । तामाङ पत्रकार संघ धादिङको छैठौँ बिशेष जिल्ला अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले संघको अध्यक्षमा नीर तामाङलाई सर्वसम्मत विजय गराएका छन् । तामाङको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्य समिति गठन गर्दै अधिबेशन सम्पन्न भएको हो ।

कार्यसमितिको उपाध्यक्षमा मनिश तामाङ, महिला उपाध्यक्षमा ज्याम्हेन्दो तामाङ, सचिवमा विरमान तामाङ, सह सचिवमा सुसन तामाङ, कोषाध्यक्षमा युनिश तामाङ रहेका छन् भने सदस्यहरुमा संगिता तामाङ, कमल तामाङ, याकुव तामाङ, शर्मिला तामाङ, सोनिका (सम्झना) तामाङ रहेका छन् ।

आफु निर्वाचित भएपछि तामाङ समुदायको हक अधिकारको लागि प्रतिवद्ध भएर लाग्ने नवनिर्वाचित अध्यक्ष नीर तामाङले बताउनुभएको छ । उक्त अधिबेशन कार्यवहाक अध्यक्ष मनिश तामाङको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ धादिङका सभापती राजाराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij