Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । कर्मचारीमाथि हातपात भएको भन्दै कर्मचारीले नै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । रुकुमपश्चिम मुसिकोट नगरपालिकाका कर्मचारीले नगरपालिकाको कार्यालयमा लाताबन्दी गरेका हुन् ।
नगरपालिकाका शिक्षा शाखाका निमित्त प्रमुख नरेन्द्र ओलीमाथि नगर उपप्रमुख विमलकुमार पुनले शनिबार हातपात तथा दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरूले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।
मुसिकोट–१ मा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा करार शिक्षक नियुक्त गर्नका लागि शनिबार नगरपालिकामा परीक्षा कार्यक्रम सुरु गर्न थाल्दा उपप्रमुख पुनले शिक्षा शाखाका निमित्त प्रमुख ओलीमाथि हातपात गर्नुका साथै गालीगलौज गरेको कर्मचारीले आरोप लगाएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij