स्नातक तहका लागि त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले तीन लाख १८ हजारबाट बढाएर ७ लाख ७७ हजार पुर्याइएको छ । नेविसंघका विद्यार्थी नेता पनि शुल्क वृद्धिको विरोधमा आमरण अनसनमा बसिरहेका छन् ।
Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । समाजवादी मोर्चा निकटका विद्यार्थीहरू इन्जिनियरिङमा भएको शुल्क वृद्धिको विरुद्धमा आमरण अनशनमा बसेका छन् ।त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क वृद्धि गरेको शुल्क फिर्ताको माग राख्दै आइतबारदेखि आमरण अनशन सुरु गरेका हुन् ।
अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष केशव रावल, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपमहासचिव रसना यादव र अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रेम सिंहले सो आमरण अनशन सुरु गरेका छन् । आमरण अनशन पुल्चोक स्थित इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) को डीन कार्यालयमा सुरु गरिएको हो ।
स्नातक तहका लागि त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले तीन लाख १८ हजारबाट बढाएर ७ लाख ७७ हजार पुर्याइएको छ । नेविसंघका विद्यार्थी नेता पनि शुल्क वृद्धिको विरोधमा आमरण अनसनमा बसिरहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij