Logo

Jun 30 2025 | २०८२, असार १६ गते

Jun 30 2025 | २०८२, असार १६ गते

प्रहरी सेवालाई प्रभावकारी बनाउन डिजिटल गुनासो बक्स सञ्चालन

प्रहरी सेवालाई प्रभावकारी बनाउन डिजिटल गुनासो बक्स सञ्चालन

  • काठमाडौं । प्रहरी सेवालाई अझ प्रभावकारी बनाउन जिल्ला प्रहरी परिसर काठमाडौंले डिजिटल कम्प्लेन बक्स (Digital Complaint Box) सञ्चालनमा ल्याएको छ । यससँगै सेवाग्राही तथा नागरिकले प्रहरी कार्यालय सम्बन्धी आफ्नो अनुभव तथा सुझाव यसै डिजिटल कम्प्लेन बक्समार्फत दिन सक्नेछन् ।

    images
    images
    images

    यस प्रणालीमा प्रहरी कार्यालयमा आउनु परेको कारण, आफूले सेवा लिन चाहेको  शाखा/फाँट, प्रहरी सेवा लिने प्रेरणाको कारण जस्ता प्रश्न राखिएका छन् । त्यस्तै गुनासो वा काममा भएको सुनुवाइ सम्पन्न हुन लागेको समय, ढिला भए त्यसको कारण, प्रहरी कार्यालयबाट प्राप्त भएको सेवाको मूल्याङ्कन लगायतका प्रश्न समेत राखिएका छन् ।

    images

    समग्रमा यस कामले प्रहरी सेवालाई अझ प्रभावकारी बनाउन रचनात्मक सुझाव र सहयोग मिल्ने प्रहरी परिसर काठमाडौंले अपेक्षा राखेको छ । प्रहरीले सुरुवात गरेको यस डिजिटल कम्प्लेन बक्समा पहुँच तपाईंले तल रहेको क्यूआर कोड स्क्यान गर्नुपर्ने छ, अथवा यहाँ क्लिक गरी त्यसमा पहुँच पाउन सक्नुहुने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij