
Jun 28 2025 | २०८२, असार १४ गते
काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक भक्तपुरमा मृत अवस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालय १ नं. गण नक्सालमा दरबन्दी भई कार्यरत रहेका बालकृष्ण उपाध्याय घिमिरे मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरमा प्रहरी निरीक्षक किशोर ढुंगानाकाअनुसार घिमिरे सिपाडोल टौखेलस्थित आफ्नै घरको तेस्रो तलामा आफू सुत्ने कोठाभित्र मृत अवस्थामा भेटिएका हुन् । प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई प्रारम्भिक कार्य गरिएको उनले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij