
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौं । बाराबाट प्रहरीले अवैध प्याज बरामद गरेको छ ।
जिल्लाको बिश्रामपुर गाउँपालिका-२ कान्तिपुर टोल स्थितमा रहेको काएख राईस मिलमा अबैध रूपमा प्याज राखेको छ भन्ने सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय प्रसौनी र ईलाका प्रहरी कार्यालय छतवाको संयुक्त प्रहरी टोलीले अवैध प्याज ९० बोरा बरामद गरेको हो ।
बरामद गरेको प्याज करिव १ लाख ५० हजार रूपैया मुल्य बाराबरको रहेको प्रहरीले जनाएको छ । उक्त प्याज नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडि बढाईएको बारा प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij