
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौं । अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जना मृत्यु र ७ जना घाइते भएका छन् । अर्घाखाँची हुँदै कास्की जाँदै गरेकाे ग३च ४५७४ नम्बरकाे कार बुधबार बिहान पाणिनी गाउँपालिका- ८ काेलडाँडामा दुर्घटना भएकाे थियाे ।
दुर्घटनामा परेर भूमिकास्थान नगरपालिका- ८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्रीकाे मृत्यु भएकाे छ ।
घाइते हुनेमा भूमिकास्थान- ८ का चालक ३४ वर्षीय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीया सम्झना क्षेत्री, उनकी छोरी इभान्सी क्षेत्री, पोखरा- १२ की ३० वर्षीया सविता अधिकारी, साेही ठाउँकी १५ वर्षीय प्रजोल कँडेल, ४२ वर्षीया गीता कँडेल र १० वर्षीय जेशन बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएकाे छ ।
घाइतेहरुकाे जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेकाे छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij