
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौँ : हालै भारतको महाराष्ट्रस्थित कोल्हापुरमा सतेज कृषि प्रदर्शनी आयोजना गरिएको थियो । जसमा यो गब्बर नामक घोडा पनि समावेश भएको थियो ।
कोल्हापुरका अमोल भास्करको यो घोडा जवाहरनगर क्षेत्रमा छ । अमोल भास्करले यो घोडा सानै छँदा १८ लाखमा किनेका थिए । उनले पुष्कर मेलाबाट शौखका लागि किनेका थिए । उनले यो घोडाको बारेमा थप जानकारी पनि दिए।
यो घोडा मारवाडी नस्लको हो र करिब २८ लाख नेपाली रुपैयाँ बराबरमा खरिद गरिएको हो । भास्करलाई घोडा पाल्ने मन छ । त्यसैले उनले यो घोडा किनेका हुन् । यो घोडा कोल्हापुर सहरको एक मात्र घोडा हो र जिल्लामा औंलामा गन्न लायकका यी जातका घोडा छन् ।
हाल यो घोडा चार वर्षको भइसकेको छ । यसको मेडिकल चेकअपका लागि पुणेबाट टोलीहरू आउँछन्। भास्करका अनुसार यो घोडाको औसत मासिक खर्च ४० हजार भारतीय रुपैयाँ रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij