Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

अनलाइन जुवा खेलाएको र ‘कल बाइपास'को आरोपमा ५३ पक्राउ

अनलाइन जुवा खेलाएको र ‘कल बाइपास'को आरोपमा ५३ पक्राउ

  • ललितपुर । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले ललितपुरको सातदोबाटोबाट अनलाइन जुवा खेलाएको र ‘कल बाइपास' गरेको आरोपमा ५३ जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ गर्नेमा २९ महिलासहित ५१ नेपाली र दुई भारतीय रहेका सिआइबी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । उनीहरूलाई गएराति ललितपुर महानगरपालिका वडा नं १५ सातदोबाटोस्थित सुरेन्द्र गोपाल श्रेष्ठको पाँच तले पक्की घरको चौथो तल्लाबाट नियन्त्रणमा लिइएको हो । “हामीले सोमबार राति ८५ थान ल्यापटप र ९६ थान मोबाइलसहित उनीहरूलाई नियन्त्रणमा लिएका छौँ, हाल अनुसन्धान भइरहेको छ”, बोगटीले भन्नुभयो ।

    images

    पक्राउ परेका दुई भारतीयमा विहार राज्यको मोतिहारीका मनिषकुमार झा र भारतको गुजरातका राहुल मेगोडा रहेका छन् । झा समूहका मुख्य व्यक्ति हुन् भने मेगोडा तालिम व्यवस्थापक रहेको जानकारी गराइएको छ ।

    यस्तै, ललितपुर निवासी १८ वर्षीया स्वीकृति बस्नेत, १९ वर्षीया रिदिमा खड़्की, १९ वर्षीया लिजा माली, स्थायी ठेगाना कैलाली भई ललितपुर बस्ने १९ वर्षीया रितिका शाही, ३१ वर्षीया रुवि सिंह, २६ वर्षीया लक्ष्मी सिंह, २३ वर्षका दीपक विश्वकर्मा, २३ वर्षका कविर सिंह, २४ वर्षका रमेश तिरुवा, १९ वर्षका विकास सिंह र २३ वर्षका बसन्त  बुढा, बाँके घरभइ ललितपुर बस्ने २२ वर्षीया अजुना मल्ल, सर्लाहीकी २१ वर्षीया सलिनी सिंह, १९ वर्षीया रक्षा घिमिरे, २७ वर्षका राजकुमार पण्डित र २१ वर्षका पृथ्वीराज रञ्जन, मोरङकी २७ वर्षीया बिस कर्मा, रामेछापकी १८ वर्षीया निशा तामाङ र २१ वर्षीया अञ्जु लामा महोत्तरीकी १९ वर्षीया निशा सहनी, बाराकी २१ वर्षीया अर्चना चौधरी र  २० वर्षीया स्वस्तिका कार्की, सिन्धुपाल्चोककी २१ सजिना राई र २२ वर्षीया सुस्मिता नेपाली, झापाकी १९ वर्षीया विश्वा पौडेल, बैतडीकी १९ वर्षीया एलिजा चन्द र १९ वर्षका सुसिल विष्ट, सप्तरीका २३ वर्षका कोमल मण्डल र २५ वर्षीया नन्दनी देव, कञ्चनपुरकी १८ वर्षीया ऐश्वर्या जोशी, काठमाडाँैकी २५ वर्षीया समृता तण्डुकार, गोरखाकी ३१ वर्षीया ज्योति थापा, ओखलढुङ्गाकी २७ वर्षीया मोनी दाहाल, सिराहाका २२ वर्षका दीप सिंह र २३ वर्षका चन्द्रभूषण यादव, धनुषाका १९ वर्षका मनिस झा, कञ्चनपुरका २६ वर्षका कपिल चन्द, २५ वर्षका नविन ताम्राकार, अछामका २२ वर्षका हिमान साह, दार्चुलाका २४ वर्षका रोशन लोहारा, रौतहटका २१ वर्षका विरवल पटेल र रोशन बस्नेतलाई पक्राउ गरिएको छ ।

    यसैबीच सिआइबीले पक्राउ गरेका ५३ मध्ये सात जनामाथि सट्टेबाजी गर्न नहुने कसुरमा म्याद थप गरी अनुसन्धान थालेको छ ।

    काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी मुख्य अभियुक्त सात जनामाथि मुद्दा चलाइएको र अन्यको विषयमा संलग्नताबारे छानबिन भइरहेको सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

    मुद्दा चलाइएकामा भारतीय नागरिक झा र मेगोडा, नेपालीहरूमध्ये ओखल्ढुङ्गाका मोनी दाहाल, सिन्धुपाल्चोककी सुस्मिता नेपाली, झापाका रोशन बस्नेत, काठमाडौँका आदित्यकुमार सिंह र काभ्रेका सलिन श्रेष्ठ रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij