Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

झापा प्रहरीको ब्यारेकमा एकजना सई मृत फेला

झापा प्रहरीको ब्यारेकमा एकजना सई मृत फेला

  • काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाको तिन तल्ले प्रहरी ब्यारेकमाथि आज बिहान एक जना प्रहरी मृत अवस्थामा फेला परेका छन् । झुण्डिको अवस्थामा मृत फेला परेको झापा प्रहरीले जनाएको छ ।

    images
    images
    images

    ब्यारेकको माथिल्लो तल्लामा रहेको पानीको टंकीमा जाने फलामको भर्‍याङमा भोजपुर टेम्केमैयुङ गाउँपालिका-४ घर भई हाल जिल्ला मोरङ कानेपोखरी गाउँपालिका -७ बस्ने जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत ४९ वर्षीय प्रहरी नायव निरीक्षक धनराज खतिवडा झुण्डिएको अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको छ ।

    नाइलनको डोरीको पासो लगाई झुण्डिएर मृत अवस्थामा पेला परेका खतिवडाको आफन्तहरुलाई जानकारी गराई कानुनी प्रकृयाको लागि तयारी भइरहेको जनाइएको छ । झापा प्रहरीका अनुसार सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij