
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । नेपाल प्रहरीका डीआईजी जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि बढुवा सिफारिस भएका छन् । आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले भट्टराईलाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो ।
भट्टराई हाल कर्णाली प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यरत छ । उनी हालका आईजीपी बसन्त बहादुर कुँवरका ब्याची हुन् ।
एआईजी रवीन्द्र केसीले राजीनामा दिएपछि प्रहरीमा एआईजीको एक पद रिक्त भएको थियो । एआईजी केसीको राजीनामा गत मंगलबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij