Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

  • काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । चैनपुर नगरपालिका–९ बस्ने ५१ वर्षीय चतुरमान तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    भोजपुर घर भएका ३६ वर्षीय परशुराम विकको २०६१ चैत २२ गते हत्या गरेको घटनामा जिल्ला अदालत संखुवासभाको २०६७ कात्तिक १७ गतेको फैसलाले २० वर्ष कैद सजाय ठहर गरेको थियो ।

    AGNI GROUP

    तर, फैसाला भएको लामो समयसम्म पनि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले चैनपुर नगरपालिका–९ खाम्लिङबाट पक्राउ गरेको हो ।

    उनलाई जिल्ला अदालत संखुवासभा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय खाँदबारी पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij