Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

एनआरएनए उच्च स्तरीय समितिलाई सचिवालय हस्तान्तरण गर्नुपर्छ : महेश श्रेष्ठ

एनआरएनए उच्च स्तरीय समितिलाई सचिवालय हस्तान्तरण गर्नुपर्छ : महेश श्रेष्ठ

  • काठमाडौं । एनआरएनए अभियन्ता महेश श्रेष्ठले सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनए उच्चस्तरीय समितिले गराउन लागेको एकता महाधिवेशन मात्रै वैधानिक हुने स्पष्ट पारेका छन्। बद्री केसी समूहले सर्वोच्चको निर्देशन पालना गर्नैपर्छ ।

    onlinepatrika
    Arghakhachi

    उच्चस्तरीय समितिलाई सचिवालयमा पहुँच दिनु जरुरी छ, त्यसपछि मात्र समय बढाउने विषयमा छलफल हुन सक्छ,’ उनले भने । उच्चस्तरीय समितिद्वारा भर्चुअल माध्यमबाट आयोजित एनसीसी तथा अभियन्ताहरू सँग को अन्तरक्रियामा अभियन्ता श्रेष्ठले डा.बद्री केसी पक्षले अक्टोबर २०२५ मा आयोजना गर्ने भनिएको महाधिवेशन वैधानिक नहुने स्पष्ट पार । सर्वोच्च अदालतको परमादेश अनुसार आयोजना हुने महाधिवेशन नै वैधानिक हुन्छ, त्यसबारे कुनै भ्रममा नपरौँ,’श्रेष्ठले भने । एनआरएनएमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएका जापान निवासी श्रेष्ठले केसी पक्षले सर्वोच्च अदालतको निर्देशन पालना गर्नुपर्ने र उच्चस्तरीय समितिलाई सचिवालयमा पहुँच दिनुपर्ने बताए ।

    AGNI GROUP

    ‘त्यसपछि मात्रै महाधिवेशनको समय पछि सार्ने विषयमा छलफल हुन सक्छ,’ उनले भने । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले तीन, तीन पटक पत्र पठाई सकेको भएता पनि सङ्घको सचिवालय उच्चस्तरीय समितिलाई उपलब्ध गराउन केसी समूहले आलटाल गर्दै आएको छ । सर्वोच्च अदालतको परमादेश अनुसार गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को एकता महाधिवेशन गराउने जिम्मेवारी पाएको उच्चस्तरीय समितिले यही ३१ मार्च भित्र सदस्यता लिएर वा नवीकरण गरेर महाधिवेशनको लागि प्रतिनिधि बन्न पुनः आह्वान गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij