Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

ताम्रकार समाजको २० औं बार्षिक साधारण सभा

ताम्रकार समाजको २० औं बार्षिक साधारण सभा

  • काठमाडौं । ताम्रकार समाजको २० औं बार्षिक साधारण सभा तथा २६ औं सामूहिक भेला सम्पन्न भएको छ ।

    onlinepatrika
    Arghakhachi

    जावलाखेलस्थित श्री उग्रचण्डीमाई ताम्रकार कुलदेवता परिसरमा भएको सो सभाको उद्घाटन वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले गरे । सो अवसरमा मन्त्री महर्जनले नेपालभाषा, संस्कृति, सम्पदाको संरक्षणका लागि वाग्मती प्रदेश सरकार प्रतिबद्ध रहेको जनाउँदै नेपालभाषा र तामाङ भाषालाई  प्रदेश सरकारको कामकाजी भाषा बनाउने घोषणालाई क्रमशः लागू गर्दै गएको बताए ।

    AGNI GROUP

    मन्त्री महर्जनले ललितपुरमा कार्यरत जातीय समाजलाई एकताबद्ध गर्ने र साझा हितमा सहजीकरण गर्ने कार्यमा ताम्रकार समाजले पु¥याएको योगदानको सराहना गरे । सो अवसरमा समाजका अध्यक्ष विनोद ताम्रकारले नेपालभाषा, संस्कृति, सम्पदा संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएका जातीय समाजहरुलाई महानगरपालिकाले उचित तवरले बजेट विनियोजित गर्न माग गरे ।

    महानगरपालिकाको बजेट कसैले पाउने र कसैले नपाउने स्थिति अन्त्य गर्दै सबै जातीय समाजलाई समानताको दृष्टिले हेर्नुपर्नेमा पनि यल नेवाः समाजका समेत अध्यक्ष रहेका ताम्रकारको जोड छ । ललितपुर महानगरपालिकाका उपमेयर मञ्जरी शाक्य (आस्था) ले नगरका अन्य समाजहरु तथा संघसंस्थाहरुका लागी ताम्रकार समाज प्रेरणादायी रहेको धारणा राखिन् । सो अवसरमा उच्च शिक्षा अन्तर्गत विभिन्न तहमा उर्तीण विद्यार्थीहरु जीया ताम्रकार, ऐजनराज लगायत १ सय जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो।

    त्यस्तै शंखमूल निवासी ८० बर्षीय शेषराज तमोट तथा उनकी धर्मपत्नी इन्द्रकुमारी ताम्रकार लगायत ज्याःजमक्व सकेका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो। त्यस्तै : हित्यकार, लेखक, गीतकार ध्रबकृष्ण ताम्रकारलाई उग्रचण्डी प्रतिभा सम्मानबाट नगद राशिसहित सम्मान गरिएको थियो । सो सभामा नेवाः समुदायको राष्ट्रिय संगगठन नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्य, समाजका निवर्तमान अध्यक्ष रबिन्द्रराज ताम्रकार, बागमती प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार, महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारी, राष्ट्रिय अनुसन्धान विभाग ललितपुरका प्रमुख रमेशचन्द्र यादव लगायत विविध महानुभावहरुको सहभागिता रहेको थियो ।

    सभाले  समाजका महासचिव दिपेन्द्र ताम्रकारले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन  र कोषाध्यक्ष बिमल ताम्रकारको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । समाजका उपाध्यक्ष शम्भुगोबिन्द ताम्रकारले ललितपुरको समग्र विकासमा ताम्रकार समाजले पु¥याएको योगदानको विषयमा केन्द्रीत गर्दै आफ्नो भनाई राखेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij