Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । वीरगन्जको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले श्रोत खुल्न नसकेको १० लाख रुपैयाँसहित युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१७ अलौंका २९ वर्षीय प्रदीपकुमार साह रहेका छन् । रक्सौलबाट वीरगन्ज आउँदै गरेको बीआर २२ बीजी १४०८ नम्बरको भारतीय मोटरसाइकललाई सशस्त्र प्रहरीले वीरगन्ज–१६ स्थित भन्सार कार्यालय अगाडि रोकेर चेकजाँच गर्दा त्यसमा सवार साहको साथबाट श्रोत खुल्न नसकेको नगद १० लाख ५ हजार नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाले बताए ।
बरामद रकमको श्रोत साहले खुलाउन नसकेपछि उक्त रकम र मोटरसाइकल सहित साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुब्बाले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij