
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८४ हजार २ सय रहेको छ ।
त्यसो त यसअघि अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८४ हजार ८ सय रहेको थियो । आज तोलामा ६ सयले गिरावट भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा भने स्थिरता आएको । शुक्रबार चाँदीको मूल्य १ हजार ९ सय ४५ रहेको थियो । सोही मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij