
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । फेसबुकमा ‘अलबिदा’ लेखेका डाक्टर बालाजुमा सकुशल भेटिएका छन् । सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेका चिकित्सक डा केशव श्रेष्ठलाई प्रहरीले काठमाडौँमा सकुशल भेटिएका हुन् ।
जिल्ला प्रहरी परिसरको टोलीले बालाजुमा उनलाई भेटेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए । उनलाई प्रहरीले बालाजुको एक होटलमा सकुशल भेटाएको हो ।
जिल्ला अस्पताल रामेछापका डा.श्रेष्ठ आज बिहानबाट सम्पर्कविहीन भएका थिए । डा.श्रेष्ठ सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेखेर सम्पर्कविहीन भएपछि उनको खोजी तिब्र पारिएको थियो ।
२५ महिनाअघि रामेछाप अस्पतालमा सरुवा भएर आएका श्रेष्ठले १८ महिनादेखि अस्पतालको निमित्त प्रमुख भएर काम गरिरहेका थिए । बागमती प्रदेशको लोकसेवा आयोगबाट नाम निकालेर रामेछाप आएका उनले १८ महिनामा अस्पताललाई १५ शय्याबाट ५० मा स्तरोन्नति गराएका थिए । राजनीतिक हस्तक्षेप र कर्मचारीको असहयोगले आफूलाई पीडाबोध गराएको उनले उल्लेख गरेका छन् ।
सिस्टममा नबसेका कर्मचारीलाई कारबाही थालेपछि आफूमाथि अभद्र व्यवहार र हात हाल्नेसम्मको काम भएको पनि उनले लेखेका छन् । अस्पतालमा भइरहेको सबै गतिविधि मन्त्रायलाई जानकारी गराए पनि उल्टै आफूलाई अन्याय गरेको उनले उल्लेख गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij