
Jun 30 2025 | २०८२, असार १६ गते
काठमाडौं । मुलुकमा पहिलोपटक जननिर्वाचित संसद बैठक बसेको दिनको स्मरणमा सोमबार संसद दिवस मनाइँदैछ ।
देशमा प्रजातन्त्र स्थापना भएपछि २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसदको पहिलो बैठक २०१६ साल असार १६ गते बसेको थियो ।
मुलुकमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष विविध कार्यक्रम गरी संसद् दिवस मनाउने गरिएको छ ।
पहिलो संसदले २०१६ असार १९ गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई सभामुखमा निर्वाचित गरेको थियो । उनी २०१७ साल पुस १ गतेसम्म सभामुखको भूमिकामा क्रियाशील थिए ।
२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्था घोषणा गरेपछि जननिर्वाचित संसद भङ्ग भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij