
Jul 03 2025 | २०८२, असार १९ गते
काठमाडौं । भारतको हिमाचल प्रदेशमा आएको भीषण वर्षाका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको छ ।
प्रदेशका विपद् व्यवस्थापन तथा राजस्व विभागले वर्षाका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको र ३४ जना बेपत्ता भएको बताएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।
विभागले भनेको छ, ‘जुन १९ मा हिमाचल प्रदेशमा मनसुन आएको थियो । त्यसपछि निरन्तर वर्षा भइरहेको छ । बुधबार मात्र मन्डी जिल्लामा दश जनाको मृत्यु भएको छ । जुन २९ र ३० मा सम्पूर्ण क्षेत्रमा भारी वर्षा भएको थियो, जसले धेरै क्षति पुर्याएको छ । धेरै ठाउँबाट बादल फुटेको र विनाश भएको रिपोर्ट आएको छ ।
बादल फुटेको र भारी वर्षा–पहिरोका कारण राज्यका २४५ सडकहरू अझै पनि अवरुद्ध रहेको उल्लेख छ । मन्डी जिल्लाका धेरै क्षेत्रहरू सम्पर्कविहीन रहेको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij