
Jul 12 2025 | २०८२, असार २८ गते
काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आठ दिनपछि सुनचाँदीको भाउ तोकेको छ । सुनचाँदी व्यवसायीहरू विलासिता करको विरोधमा आन्दोलित भएका कारण असार १९ गतेदेखि सुनको भाउ तोकिएको थिएन ।
हिजो सरकार र सुनचाँदी व्यवसायी बीच सहमति भएपछि आन्दोलन स्थगित भएर आजदेखि पसल खुलेका छन् ।
आज सुनको भाउ तोलाको एक लाख ९१ हजार आठ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको भाउ तोलाको दुई हजार दुई सय २० रुपैयाँ कायम भएको छ ।
यसअघि असार १९ गते सुनको भाउ तोलाको एक लाख ९२ हजार एक सय रुपैयाँ कायम भएको थियो । त्यस्तै चाँदी तोलाको दुई हजार एक सय ७० रुपैयाँ कायम भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij