
Jul 17 2025 | २०८२, साउन १ गते
काठमाडौं । खैरहनी माध्यमिक बिद्यालयका प्रधानाध्यापक गोपालप्रसाद शर्माले विशेष अदालतले नक्कली प्रमाणपत्रको मुद्दामा सफाइ पाएका छन् ।
गत आइतबार विशेषले प्रधानाध्यापक विरुद्ध दायर मुद्दामा सफाइको फैसला गरेको हो । विशेषका सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो । गत बैशाख ३१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक शर्माउपर मुद्दा दायर गरेको थियो ।
शर्माले भारतको उत्तर प्रदेशबाट प्रवीणता प्रमाणपत्र तह (आइएस्सी)को शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र ल्याएको अख्तियारको दावि थियो तर बिशेष अदालतमा भने नक्कली प्रमाणपत्र पेश गर्न नसकेपछि शर्माले सफाई पाएका हुन् ।
उजुरी पछि अख्तियार शर्माको शैक्षिक प्रमाण–पत्रको सत्यापनको लागि भारत स्थित युपिबोर्डको क्षेत्रीय कार्यलय मेरठ जानु पर्नेमा क्षेत्रीय कार्यलय बरेली गएरको त्यहाँको कार्यलयबाट कुनै अभिलेख नभेटिएको आधारमा मुद्दा दायर गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij