Logo

Jul 22 2025 | २०८२, साउन ६ गते

Jul 22 2025 | २०८२, साउन ६ गते

आईपीओ खुला

बन्दीपुर केवलकारको आईपीओ खुला

बन्दीपुर केवलकारको आईपीओ खुला

  • काठमाडौं । बन्दीपुर केवलकारले आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर निष्काशन (आइपीओ) निष्काशन तथा बिक्री खुला गरेको हो ।

    images
    images
    images

    सोमबार खुला गरिएको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले साउन २० गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन ९ गतेसम्म आवेदन दिन पाउनेछन् । तोकिएको समयमा वैदेशिक रोजगारीमा जानेका लागि खुला गरिएको आईपीओ सब्स्क्राइब नभएको २० गतेसम्म समय दिइएको छ ।

    images

    कम्पनीले आफ्नो जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले निष्काशन गर्न लागेको हो ।

    पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र तनहुँ गाउँपालिकाका सबै वडा, आँबुखैरेनी गाउँपालिकाका सबै वडा र भानु नगरपालिकाको १ नम्बर वडाका सर्वसाधारण तथा वैदेशिक रोजगारीमा गएकाले आवेदन दिन पाउँछन् । आयोजना प्रभावितका लागि जारी पुँजीको २ प्रतिशत अर्थात् ५ करोड ६६ लाख रूपैयाँ र वैदेशिक रोजगारीका लागि बाँकी रहेको ५२ करोड ९४ लाखको १० प्रतिशत अर्थात् ५२ लाख ९४ हजार कित्ताका लागि आवेदन खुला गरिएको हो ।

    बाँकी ४७ लाख ६४ हजार ६ सय कित्ता भने अन्य सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।

    images

    आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका आवेदनकर्ताले न्युनतम १० देखि २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।

    यसरी ढिलो अवधिसम्म पनि माग भएअनुसार आवेदन नभए बाँकी सेयरमा अन्य सर्वसाधारणले आवेदन दिन पाउँछन् ।

    बन्दीपुर केबलकारको अनुमानित कुल लाग ३ अर्ब ८५ करोड रूपैयाँ रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij