Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

कोशी सरकारले ३८ अर्ब हाराहारीको बजेट ल्याउने

कोशी सरकारले ३८ अर्ब हाराहारीको बजेट ल्याउने

  • काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि चालू आर्थिक वर्षभन्दा करिब २ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    चालू आर्थिक वर्षमा बजेट खर्चको प्रतिशत घटेकाले नगद मौज्दात बढेको र संघीय सरकारले दिने अनुदान रकम पनि बढाएकाले करिब ३८ अर्बको हाराहारीको बजेट आउन सक्ने कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले जानकारी दिए ।

    AGNI GROUP

    प्रदेशप्रति जनआस्था बढाउने गरी शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र सूचना प्रविधिलाई उच्च प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम ल्याइएकाले सोही क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।

    संघीय सरकारले ल्याएको बजेटमा शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क र ५० युनिटभन्दा बढी बिजुली खपत गर्नेलाई ५ प्रतिशत भ्याट लगाउने नीति ल्याएपछि प्रदेश सरकारले निम्न मध्यम वर्ग तथा सुकुम्बासीलाई दृष्टिगत गरेर केही राहतका कार्यक्रम पनि ल्याउन लागेको मन्त्री लिङ्थेपले बताए ।

    अघिल्लो वर्ष करिब ८० प्रतिशतसम्म बजेट खर्च भएकोमा चालू आर्थिक वर्षमा करिब ७० प्रतिशत मात्र बजेट खर्च हुने अनुमान छ । गत वैशाख मसान्तसम्म प्रदेश सरकारको संचित कोषमा करिब १२ अर्ब ८१ करोड ४१ लाख रूपैया नगद मौज्दात रहेको बताइएको छ ।

    कोशीको चालू आर्थिक वर्षको बजेट ३६ अर्ब २ करोड २ लाख रूपैयाँ थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट