Logo

Jun 29 2025 | २०८२, असार १५ गते

Jun 29 2025 | २०८२, असार १५ गते

सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई घाइते

सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई घाइते

  • काठमाडौँ। कैलालीमा नेपाली सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–८ स्याउले बजारमा सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका तीन जनामध्ये एक किशोरीको मृत्यु भएको हो ।

    images
    images
    images

    मृत्युु हुनेमा जिल्लाको धनगढी उपमहानगरपालिका–११ की १५ वर्षीया विद्या राना रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    images

    यस्तै दुर्घटनामा घाइते भएका धनगढी उपमहानगरपालिका- ५ का १७ वर्षीय कृष बम र सोही ठाउँको वडा नम्बर-३ का ३४ वर्षीय उमेश कार्कीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

    प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार बुधबार साँझ सेनाको प्रदेश ३–०१ ००१ ग ३७३२ नम्बरको ट्रकले म २ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij