Logo

Jun 29 2025 | २०८२, असार १५ गते

Jun 29 2025 | २०८२, असार १५ गते

भारतमा गएका श्रमिक भन्छन्: ‘रित्तै जान्छौँ, रित्तै फर्कन्छौँ’

भारतमा गएका श्रमिक भन्छन्: ‘रित्तै जान्छौँ, रित्तै फर्कन्छौँ’

  • काठमाडौँ । जाजरकोटको बारेकोट गाउँपालिका–२ का दिपी नेपालीको परिवार सात वर्ष पहिले कमाइ गर्न कालापार ९ भारत० गएका थिए ।

    images
    images
    images

    श्रीमान्, श्रीमती, छोराछोरी बोकी कालापारमा राम्रो कमाइ हुने आशमा गएको त्यो परिवार अहिले रित्तै फर्किएका छन् गाउँमा । कालापारको बसाईमा १२ घण्टा काम गरेको नेपालीले बताए ।

    images

    रातदिन काम गर्दासमेत राम्रो कमाइ हुन नसकेको उहाँको भनाइ छ । “दिनमा भारु ३५० ज्याला पाउँथ्यौँ । अहिले नेपालमा काम गर्ने हो भने झण्डै ८०० भन्दा बढी ज्याला पाइदोरहेछ”, उनले भने । सात वर्ष भारतीय भूमिमा बस्नुभन्दा नेपालमै काम गर्न लागेको भए हुँदोरहेछ भन्ने अनुभूति अहिले भएको उनले सुनाए । नेपाल फर्केपछि अहिले छोरीका छोराछोरी र छोरीज्वाइले दुःख सुखमा साथ दिएका छन् उनलाई । भारतमा काम गरेर फर्केपनि न त उनको जिन्दगी फेरियो न त राम्रो कमाइ गरी पैसा नै बचत हुन सक्यो ।

    आजभोलि जसोतसो गाउँघरतिरै जिन्दगी गुजारिरहेको भेटिन्छन् उनी । सोही गाउँका नरबहादुर विकले भारतमा २८ वर्ष बिताए । उनी आउँदा रित्तै भाइबुहारीको घरमा फर्किए । न कमाइ भयो, न उमेर रह्यो । भारतीय भूमिमा उर्जाशील समय बितेपनि केही रकम जोहो गर्न नसकेको उनको गुनासो थियो । उनीहरु जस्तै भारतबाट फर्केका जिल्लाका अधिकांशको वास्तविक पीडा हो यो । गाउँका ठेकेदारले कमाइ राम्रो हुन्छ भनेको भरमा कालापार जानेहरु कमाइ राम्रो नभई रित्तै फर्किने गरेको यी केही प्रतिनिधि उदाहरण मात्रै हुन् ।

    बारेकोट गाउँपालिका–२ का रतनबहादुर नेपाली आजभन्दा तीन वर्ष पहिले छोराछोरीसहित भारत गए । कालापारमा कमाइ गर्न गएका उनको परिवार पाल्न समस्या भएपछि नेपाल फर्किए । अहिले आफ्नै बारीमा खेतीपाती गर्दै परिवार पाल्ने मात्र होइन तीन छोराहरुलाई पढाउँदै छन्। उनले भने, “भारतमा काम गर्दै गरेको भए अहिले परिवार पाल्न निकै समस्या हुने रहेछ, नेपाल फर्केर काम गरेपछि अहिले छोराछोरीलाई पढाउन सजिलो भएको छ ।” ऊर्जाशील उमेर भारत गएर कमाउने नाममा सकिने उनको अनुभव छ ।

    images

    उमेर ढल्केपछि घर आउँदा निकै समस्या हुने गरेको उनको बुझाइ छ । अर्कातिर भारतीय भूमिमा गएका कतिपय युवा भने कुलतमा परेर नेपाल फर्कन्छन् । गाउँबाट भारत कमाउन गएकामध्ये कतिपय कुलतमा फसेका जनता आधारभूत विद्यालयका प्रधानाध्यापक धनबहादुर नेपालीले बताए ।

    अभिभावकविहीन हुनु र भनेको जति कमाइ नभएपछि कुलतमा फस्ने गरेको पीडित बताउँछन् । आफूसँगका साथीहरु, पढाइलेखाइ गरेर जागीरे जिन्दगी बिताउँछन् आफू भने बिना कामको भएपछि थप पीडा हुने गरेको उनीहरुको भनाइ छ ।

    समाचार स्रोतस् हेमन्त केसी (रासस)

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij