Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

संखुवासभा बस दुर्घटना : १४ को मृत्यु, ५ घाइते

संखुवासभा बस दुर्घटना : १४ को मृत्यु, ५ घाइते

  • काठमाडौं / आज विहिबार संखुवासभा मादी ओखरबोटेबाट ईटहरी तर्फ छुटेको बा ४ ख ७३५ नम्बरको यात्रुबाहाक बस बिहान ७ः४५ मा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ५ जना घाइते भएका छन् । यात्रुबाहाक बस मादी नगरपालिका वडा नम्बर ६ सातघुम्ती स्थित सडक खण्डबाट अन्दाजी ३५० मिटर तल खसेर दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाइसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 

    onlinepatrika
    Arghakhachi

    मृृत्यु हुनेहरुमा संखुवासभा मादी न.पा.-६ बस्ने बर्ष ३० की सिता बि.क., बर्ष ३२ की अञ्जना कटुवाल, मादी न.पा. -५ बस्ने बर्ष ४९ को भवानी प्र. दाहाल, मादी न.पा.-२ बस्ने बर्ष ४२ को ईन्द्र अधिकारी, मादी न.पा. -६ बस्ने तुलसा कटवालको छोरी बर्ष ५ कि दिक्षा कटवाल, मादी न.पा.४ बस्ने बर्ष ६० को बल बहादुर कार्की, मादी न.पा.-४ बस्ने बर्ष २८ की सबिता कार्की, मादी न.पा. ५ बस्ने बर्ष ४८ को दिपक कुमार दाहाल, ताप्लेजुङ बस्ने बर्ष ३१ की समिक्षा योजन, समिक्षा योञ्जनको छोरा बर्ष ८ को सुदिप घिसिङ, संखुवासभा मादी न.पा.५ बस्ने बर्ष ५५ को श्याम शेर्पा, संखुवासभा मादी न.पा.-४ बस्ने आईत बहादुर तामाङ,  तेहथुम फाक्चामारा बस्ने बर्ष ३१ को विपिन निरौला (चालक) र मादी न.पा.५ बस्ने उमेश भट्टराई (सह-चालक) रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 

    AGNI GROUP

    घटनामा घाइते हुनेहरुमा संखुवासभा मादी न.पा. - ६ बस्ने बर्ष ५० को डम्बर ब. कार्की, मादी न.पा. - ४ बस्ने उम्लिङ बस्ने बर्ष २४ की करिश्मा तामाङ, मादी न.पा. - ६ बस्ने २२ की तुलसा कटवाल, मादी न.पा. -४ बस्ने २४ को सुवास तामाङ र मादी न.पा. ५ बस्ने बर्ष २७ की युका पोखरेल (गम्भिर घाईते) रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभा ले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालय संखुवासभाका कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक लालध्वज सुवेदीले दिएको जानकारी अनुसार घटनामा घाइते भएकाहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर,संखुवसभा पठाइएको हाल उनीहरुको उपचार भईरहेकोमा थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा बि.पि.कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानतर्फ पठाईएको छ । उक्त घटना स्थलमा जिल्ला प्रहरी कार्यालय संखुवसभाबाट प्र.ना.उ लालध्वज सुवेदी सहितको टोली र ईलाका प्रहरी कार्यालय चैनपुर संखुवासभाबाट प्र.नि. सहित टोली खटिई गएको जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij