Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सशस्त्र प्रहरी निरीक्षक डा श्रेष्ठलाई सेवाबाट हटाउने चेतावनी

सशस्त्र प्रहरी निरीक्षक डा श्रेष्ठलाई सेवाबाट हटाउने चेतावनी

  • काठमाडौँ । गृह मन्त्रालयले प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा आस्था श्रेष्ठलाई सेवाबाट हटाउने चेतावनी दिएको छ । नेपाल एपिएफ अस्पताल बलम्बु दरबन्दी रहे पनि बिदा स्वीकृत नगराई लामो समयदेखि अनुपस्थित रहेको भन्दै गृहले सार्वजनिक सूचना जारी गरेर सेवाबाट हटाउनेगरी विभागीय कारबाही गर्न लागिएको जानकारी दिएको हो । श्रेष्ठ  फागुन १२ गते देखि कार्यालयमा आएकी छैनन् । 

    onlinepatrika
    Arghakhachi

    सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) मा ‘बिदा स्वीकृत नगराई लगातार १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा’ भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ व्यवस्था छ । गृहले श्रेष्ठलाई ७ दिनभित्र सफाइ पेश गर्न पनि भनेको छ ।

    AGNI GROUP

     

    apf_kwmczNu62a.png

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij