Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

स्वास्थ्य बीमा कार्यक्रम स्थगित 

स्वास्थ्य बीमा कार्यक्रम स्थगित 

  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    सरकारबाट स्वास्थ्य बीमा सेवा दिएबापत डेढ वर्षदेखि करिब ८ करोडभन्दा बढी भुक्तानी दिन बाँकी रहेको जनाउँदै त्रिवि शिक्षण अस्पताल प्रशासनले हालको लागि स्वास्थ्य बीमा कार्यक्रम नै स्थगित गरेको जनाएको छ ।

    AGNI GROUP

    असार १५ देखि अर्को सुचना प्रकाशित नभएसम्म लागि अस्पतालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको अस्पतालका सूचना अधिकारी राम विक्रिम अधिकारीले जानकारी दिए ।

    उनले सरकारले रकम भुक्तानी गर्न नसक्दा औषधि किन्न नै समस्या भएका कारण बीमा बापतको उपचार सेवा स्थगित गर्नुपरेकोे बताएका छन् । 

    अस्पताल प्रशासनले पटक–पटक बीमा बोर्डमा गएर भुक्तानी अनुरोध गर्दा पनि बोर्डले सरकारबाट पैसा नआएको भन्दै भुक्तानी नगर्दा बाध्य भएर सेवा बन्द गर्नुपरेको उनले बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij