Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । ट्राफिक नियम पालना नगरी सवारी चलाउने ५१ जना विद्यार्थीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
सवारी चेक गर्दा ट्राफिक नियम विपरीत भएपछि विभिन्न स्कुल/कलेजका विद्यार्थीलाई कारबाही गरिएको छ। कारबाहीमा परेकामध्ये मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका एक जना विद्यार्थी सहित ५१ जना चालक रहेका छन् ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकिङमा सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २८ जना, कागजपत्र साथमा नभएका २१ जना, तीन जना सवार १ जना र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ जना गरी ५१ जना विद्यार्थी चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।
प्लस टु पढ्दै गरेका २१ वर्षीय एक विद्यार्थीलाई चेकिङका क्रममा मदिरा पिएर मोटरसाइकल चलाएको पाइएपछि ट्राफिक प्रहरीले कारबाही गरेको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij