
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । कीर्तिपुर क्रिकेट मैदानमा जारी खेलमा सट्टेबाजी गर्ने थप ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कीर्तिपुर नगरपालिका-१० स्थित क्रिकेट खेल मैदानमा एनपिएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाईन वेटिङ मार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२७ असन बस्ने ४२ वर्षीय रविन तुलाधर समेत ४ जना रहेका छन् ।
पुरुष राष्ट्रिय क्रिकेट खेल अन्तर्गत बिराटनगर सुपर किंग र पोखरा एभेन्जर्स वीच भएको खेलमा अनलाईन वेटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij