Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बैंकिङ कसुर मुद्दाका फरार एक जना पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार एक जना पक्राउ

  • काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार रहेका एक जना पक्राउ परेका छन् । प्रहरीले दोलखाको मेलुङ गाउँपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–९ बस्ने ४७ वर्षीय भिमबहादुर तामाङलाई शनिबार पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    २०७८ साउन १ गते उच्च अदालत पाटनले तामाङलाई बैंकिङ कसुर मुद्दामा ९ लाख ६० हजार रूपैयाँ बिगो तथा जरिवाना, तीनदिन कैद र ३८ हजार ४०० रुपैयाँ क्षतिपूर्ति भराउने सजाय गरेको थियो । 

    AGNI GROUP

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–६ बौद्धबाट पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि उनलाई जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij