Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडाैं । सर्पले डसेर दाङमा एक युवकको ज्यान गएको छ। तुलसीपुर उपमहानगरपालिका १६ का २६ वर्षीय रोसन डाँगीलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति सर्पले डसेको थियो।
सर्पले डसेका डाँगीलाई परिवारले सुरुमा झारफुक गर्न विभिन्न ठाउँमा लगेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। झारफुकमा लगेपछि बेहोस भएका उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगेकोमा डाक्टरले मृत घोषणा गरेका थिए।
उनलाई ग्रास प्रजातिको सर्पले दाहिने खुट्टामा डसेको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij