Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नेपाल आउने यात्रुले अब कोभिड परीक्षण र कोरोनाको खोप लगाएको प्रमाण दिन नपर्ने भएको छ। नेपालमा कोभिड १९ को संक्रमण दर, अस्पताल भर्ना दरमा उल्लेख्य कमी आएको, अधिकाशंले यस विरुद्धको पूर्ण मात्रा खोप लगाइसकेको र छिमेकी मित्र राष्ट्रमा पनि संक्रमण दर न्युन भएकाले प्रोटकल परिवर्तन गर्दै उक्त व्यवस्था गरिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले एरोनटिकल पब्लिकेसन इन्फर्मेसन( एआइपी)मा रहेको व्यवस्था परिवर्तन गरेको जनाएको छ।
नेपालमा हाल संक्रिय कोरोना संक्रमितको संख्या १९ रहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij