Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । पछिल्ला दिनहरुमा निरन्तर हरियाली छाएको सेयर बजारले बुधबार पनि निरन्तरता पाएको छ। साथै कारोबार रकमले पनि लामो समयपछिको नयाँ कीर्तिमान कायम गरेको छ।
बुधबार सेयर बजार १६.४२ अंकले बढ्दै नेप्से परिसूचक २०३७ कायम भएको छ। त्यस्तै, कारोबार रकम भने ५ अर्ब १ करोड माथिको भएको छ। बुधबार कूल १२६ कम्पनीको मूल्यमा वृद्धि हुँदा ९१ कम्पनीको मूल्य भने घटेको छ। र ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।
बुधबार धेरै कमाउने कम्पनीमा खप्तड लघुवित्त, सिटी होटल रहेका छन् जसको मूल्य क्रमश ९.९९ प्रतिशत, ९.९५ प्रतिशत बढेको छ। यस्तै, भूगोल इनर्जी, आदर्श लघुवित्त, र लक्ष्मी लघुवित्तको मूल्य बढेको छ।
यता, उपसमूहतर्फ भने मिश्रित थप–घट भएको छ। धेरै कमाउने उपसमूहमा जीवन बीमा रहेको छ, जसको १६४ अंकले वृद्धि भएको छ। त्यस्तै, बैकिंङको १५, हाइड्रो १२, लघुवित्तको ६५, र अन्य उपसमूहको ३२ अंकले बढेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij