Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मेरो माइक्रोफाइनान्सका अध्यक्षले लिए शपथ

मेरो माइक्रोफाइनान्सका अध्यक्षले लिए शपथ

  • काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष सुमितबाबु खत्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार उनलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका प्राइम कमर्सियल बैंकका प्रतिनिधि सञ्जीव मानन्धर बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएसँगै बैंक तथा वित्तीय संस्थाको सञ्चालकमा बस्न नपाउने व्यवस्थाअनुरुप सो पद खाली थियो । २०८० भाद्र २१ गते बसेको संस्थाको सञ्चालक समितिको १४५औँ बैठकले सञ्चालक खत्रीलाई अध्यक्ष चयन गरेको थियो ।

    AGNI GROUP

    त्यस्तै, नेपालभूषण श्रेष्ठलाई प्राइम कमर्सियल बैंकबाट प्रतिनिधित्व हुने गरी सञ्चालक समितिको सदस्यमा मनोनयन गरेको छ । संस्थाले ६४ जिल्लामा १४९ शाखा कार्यालयहरूबाट १ लाख ६१ हजारभन्दा बढी ग्राहक सदस्यलाई लघुवित्त सेवा पुर्‍याउँदै आएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij