Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षाध्यक्ष प्रा. शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयले यही कात्तिक १७ गते त्रिविका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल सकिएकाले प्रधानमन्त्री एवं त्रिविका कुलपति दाहालले भुसाललाई बढीमा तीन महिनाका लागि सो पदमा आज नियुक्त गरेको जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij