Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको टोली चीनतर्फ प्रस्थान गरेको छ । मंगलबार दिउँसो उनीसहित १५ जनाको टोली त्यसतर्फ गएको हो । अध्यक्ष नेपालले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा आफू नेतृत्वको टोली त्यसतर्फ जान लागेको जानकारी दिए।
उनले चीन भ्रमणका क्रममा त्यहाँका नेताहरूसँग छलफल गर्ने, खुनमिङ हुँदै बेइजिङनजिकैको सहर पुग्ने कार्यक्रम रहेको बताए । चीन भ्रमण सम्पन्न गरेर अध्यक्ष नेपालको टोली यही कात्तिक २८ गते स्वदेश फर्कने कार्यक्रम छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij