Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । जिल्लाको बेदकोट नगरपालिका–१ हात्तिथलाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । शुन्य दशमलव शून्य ४ ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थसहित २४ वर्षीय महादेव बोहरा पक्राउ परेका हुन् ।
शंका लागि चेकजाँच गर्दा बेदकोट नगरपालिका–१ हात्तिथला बस्ने २४ वर्षीय महादेव बोहराला शुन्य दशमलव शून्य ४ ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थसहित अस्थायी प्रहरी पोस्ट चम्फापुर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
त्यस्तै,
कैलालीको धनगढीबाट नगदसहित सात जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ रिङरोड स्थित हिरा गजुरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा उनिहरुलार्इ वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले नगद ६५ हजार ५ सय ५ रुपैयाँ र ३ गड्डी तास सहित पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij