Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गुडिरहेको माइक्रोबसमा रुख बजारिँदा ८ यात्रु घाइते

गुडिरहेको माइक्रोबसमा रुख बजारिँदा ८ यात्रु घाइते

  •  
    काठमाडौं । धादिङको पृथ्वीराजमार्ग अन्तर्गत गजुरी गाउँपालिका-५ बाङ्गेमा सडक माथिबाट पहिरो खसेर रुख माइक्रोबसमा बजारिँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये एकजना वृद्धको अवस्था गम्भीर छ। 

    onlinepatrika
    Arghakhachi

    सुख्खा पहिरो खसेर गुडिरहेको एउटा माइक्रोबसमा रुख ढलेर लाग्दा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।  पहिरोमा परेको माइक्रोबसका यात्रुलाई उद्धार गरी उपचारका लागि गजुरी अस्पताल पठाइएको छ। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।  

    AGNI GROUP

    जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतमकुमार केसीका अनुसार धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको थियो। गम्भीर घाइते ७१ वर्षीय वृद्धलाई भने थप उपचारका लागि काठमाडौं पठाइएको केसीको भनाइ छ। 

    माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ।  राजमार्ग अवरुद्ध बनेका कारण काठमाडौं भित्रने र बाहिरिने सवारी रोकिएका छन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij