Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

३० केजी गाँजासहित एक महिला पक्राउ

३० केजी गाँजासहित एक महिला पक्राउ

  • काठमाडौं । मकवानपुर प्रहरीले साेमबार लागुऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेकाे छ ।

    onlinepatrika
    Arghakhachi

    ३० किलो गाँजासहित राप्ती नगरपालिका–८ खुरखुरे चितवन बस्ने ३० वर्षीया लालमाया तामाङलाई हेटौंडा–१० बसपार्कबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

    AGNI GROUP

    हेटौँडा बसपार्कबाट वीरगञ्जतर्फ जान रोकिराखेको बा.प्र. ०३–०१ ज. ९७४ नम्बरको ईभी गाडीमा सवार भई आएकी तामाङको साथबाट उक्त गाँजा बरामद गरिएको हो ।

    गाडीको छतमा राखिएको जेब्रा झोलाभित्र राखिएको तीन वटा पाकेटामा ३० किलो गाँजा फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij