Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

लागुऔषध तथा हातहतियार

इटालियन पेस्तोल र लागुऔषधसहित एक जना पक्राउ

इटालियन पेस्तोल र लागुऔषधसहित एक जना पक्राउ

  • काठमाडौं । मकवानपुर प्रहरीले इटालीमा बनेको पेस्तोलसहित एक जनाई पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको राक्सिराङ गाउँपालिका–१ बस्ने राजु स्याङ्तानलाई लागुऔषध अफिम, इटालियन पेस्तोल, कटुवा पेस्तोल र ती पेस्तोलमा लाग्ने गोलीसहित पक्राउ गरेर सोमवार सार्वजनिक गरेको हो।

    AGNI GROUP

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार स्याङताननलाई उनको घरबाट जेठ ३१ गते लागुऔषध तथा हातहतियार सहित पक्राउ गरिएको हो । एसपी खड्काले सुत्ने कोठामा सिरानी मुनी कपडामा बेरेर राखेको अवस्थामा ७।६५ एमएम युनिभर्सल मेड इन इटाली ०२५ लेखिएको म्याग्जिन सहितको पेस्तोल एक थान, खाली म्याग्जिन थप एक थान, १३ राउण्ड गोली बरामद गरेको जानकारी दिए ।

    प्रहरीले स्याङ्तानको गोठको दोस्रो तल्लामा कपडामा बेरेर प्लाष्टिकको झोलाभित्र राखेको अवस्थामा कटुवा पेस्तोल एक थान, ८ एमएम १२ राउन्ड गोली र लागुऔषध अफिम एक किलो ३१० ग्राम र २२ किलो ८०० ग्राम लागुऔषध बरामद गरेको छ ।

    त्यस्तै प्रहरीले राक्सिराङ–१ ढुंगेनबाटै स्याङ्तानको घरभन्दा पाँचसय मिटर नजिकै आँपको रुखको फेदमा प्लास्टिकमा बेरेको सेतोबोराको झोलामा घरेलु कटुवा पेस्तोल एक थान, पाँच राउन्ड गोली र दुई पोकामा एक किलो ४८० ग्राम अफिम बरामद गरेको छ ।

    स्याङ्तान २०७१ सालमा लागुऔषध मुद्दामा पक्राउ परी दुई वर्ष कैद, २०७६ साल साउनमा पनि लागुऔषध गाँजा तथा हातहतियार मुद्दामा पक्राउपरि पाँच वर्ष ६ महिना कैद सजाय भुक्तान गरी २०८१ माघमा छुटेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

    लागुऔषध र हतियारसहित पक्राउ परेका स्याङ्तानमाथि जिल्ला अदालत मकवानपुरबाट लागुऔषध तथा हातहतियार खरखजना समेतको कसुर मुद्दामा सात दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij