
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक २४ दशमलव ७६ अंकले घटेर २६२८ दशमलव ९१ को विन्दुमा पुगेको छ ।
आज ३१४ कम्पनीका एक लाख २१ हजार ५५१ पटकको कारोबारमा २ करोड ९४ लाख १५ हजार ४०७ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब २३ करोड १४ लाख ८९ हजार ९६४ रुपैयाँ रहेको छ ।
४७ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको घटेको छ । १३ उपसमूहमध्ये सबै राताम्मे भएका छन् भने आज नगदी ग्रुप पावरमा लगानीकर्ता झुम्मिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij