
Jul 06 2025 | २०८२, असार २२ गते
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक २ दशमलव ४० अंकले बढेर २७०६ दशमलव ३६ को विन्दुमा पुगेको छ ।
आइतबार ३१८ कम्पनीका ८७ हजार ३९८ पटकको कारोबारमा २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब ५० करोड ३ हजार २६८ रुपैयाँ रहेको छ । ८७ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनीको घटेको छ ।
आज नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij